Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलविरुद्ध कोलम्बिया सुरुवाती अग्रता बनाएको छ ।

समारा एरिनामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कोलाम्बियाले अग्रता बनाएको हो । खेलको ७४ औं मिनेटमा एरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका हुन् ।

आज दुवै टोली आजको खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ ।

समूह ‘एच’ मा रहेको सेनेगलको ४ र कोलम्बियाको ३ अंक छ ।  सेनेगल र कोलम्बिया मैदान उत्रदा दुवै टोली जितको खोजीमा हुनेछ । अघिल्लो चरणमा पुग्न सेनेगललाई बराबरीले पुग्ने छ । कोलम्बियालाई जित्नै पर्ने दबाब छ । यस्तोमा सेनेगलविरुद्ध कोलम्बिया आक्रामक खेल्ने छ । तर, बलियो सेनेगल कोलम्बियालाई रोक्दै अर्को चरणमा पुग्न चाहन्छ ।

यो खेलमा सेनेगलले जितेमा सेनेगल समूह बिजेता बन्ने सम्भावना रहन्छ । पराजित भएमा सेनेगलको दोस्रो चरणको यात्रा अन्त्य हुने सम्भावना पनि उत्तिकै छ । सेनेगल पराजित भएमा र जापानले जितेमा कोलम्बिया नकआउट चरणमा पुग्नेछ ।

यदि कोलम्बिया पराजित भएमा सेनेगल र जापानले नकआउट चरणमा स्थान बनाउने छन् ।

तपाईको प्रतिक्रिया