Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – विश्वकप फुटबल अन्तर्गत स्विडेनले मेक्सिकोलाई ३–० गोल अन्तरले पराजित गर्दै समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ ।

समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा अप्रत्यासित जित निकाल्दै स्विडेन समुह विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो । अगुस्टिनसनले ५० औ मिनेटमा स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । ७४ औ मिनेटमा अल्भारेजले आत्मघाति गोल गरेपछि मेक्सिको ३–० को अग्रता सहित नकआउट चरणमा प्रवेशको ढोका खोलेको हो ।

स्विडेनले अप्रत्यासित नतिजा निकाल्दा विश्व विजेता जर्मनी समुह चरणबाटै घर फर्किएको छ । अन्तिम खेलमा जित निकालेको स्विडेन ६ अंक सहित समुह विजेता बन्यो । मेक्सिको समान अंक भएपनि गोल अन्तरका आधारमा उपविजेता बन्यो ।

विश्वविजेता जर्मनी र साउथ कोरियाले समान ३–३ अंक जोडे ।

तपाईको प्रतिक्रिया