Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – दुई पटकको विश्वविजेता अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीसहितका उत्कृष्ट खेलाडीले भरिपूर्ण छ । तर, अपेक्षा गरिएझैँ अर्जेन्टिनाको विश्वकप यात्रा सुखद बन्न सकेन । हुन त अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिजाको विश्वकप छनोट यात्रा पनि यादगार थिएन ।

बल्लतल्ल विश्वकपमा छानिएको अर्जेन्टिनाले विश्वकपको सुरुवाति २ खेलमा बिर्सनलायक प्रदर्शन गर्यो । भन्नेले भनिसकेका छन्, ‘अर्जेन्टिनी टोली इतिहासकै झूर ।’ समूह डीबाट उसले नवप्रवेशी टोली आइसल्याण्डसँग अप्रत्यासित बराबरी खेलेपछि क्रोएसियासँग ३-० गोलको लज्जास्पद पराजय ब्यहोर्यो । समकालीन फुटबलका चीर प्रतिद्वन्दी क्रिष्टियानो रोनाल्डोले आफ्नो टोली पोर्चुगलका लागि सनसनीपूर्ण प्रदर्शन गरिरहेका बेला मेस्सी भने लगातार असफल हुँदै गइरहेको विश्लेषकहरुको भनाई छ । भलै मेस्सीको असफलतामा अर्जेन्टिनी फुटबल संघ र प्रशिक्षकको असहयोगको कुरा त छँदैछ ।

अब, मेस्सी र अर्जेन्टिनाका लागि अन्तिम अवसर छ, विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रुसमा पनि त्यस्ते अवस्था आएको छ । सेन्ट पिटर्सबर्ग रंगशालामा अर्जेन्टिनाले विश्वकपको परिचित प्रतिस्पर्धी नाइजेरियासँग खेल्दैछ । नाइजेरियाविरुद्ध जित हासिल गरे र क्रोएसियाले आइसल्याण्डलाई हराए अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ । क्रोएसिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । संसारभरका फुटबल प्रेमीहरुको नजर मंगलबार लियोनल मेस्सीमा पर्नेछ, किनभने उनी र उनका अर्जेन्टिनी टिममेट नाइजेरियाविरुद्धको खेलमा विश्वकपबाटै आफूलाई बचाउने प्रयासमा हुनेछन् ।

प्रतियोगिता अघिसम्म अधिकांशको कुरा के हुन्थ्यो भने, मेस्सीले सम्भवतः अन्तिम विश्वकप खेल्दैछन् र अन्ततः अन्तर्राष्ट्रिय गौरवको अनुवभ गर्नेछन्, जस्तो उनका महान प्रतिद्वन्द्वी रोनाल्डोले युरो २०१६ मा गरेका थिए । गत बिहीबारको क्रोएसियाविरुद्धको हार अर्जेन्टिनाका लागि भयानक विपत्ति थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका डिएगो म्याराडोनाले अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओली र उनको रणनीतिको खुलेरै विरोध गरे । यसै परिप्रेक्ष्यमा एउटा अर्को दुखद खबर बाहिरियो कि प्रशिक्षक साम्पाओलीविरुद्ध खेलाडीहरुले नै विद्रोह गरे । यद्यपि फुटबल अर्जेन्टिनाका अध्यक्ष क्लायडियो टापियाले यसको खण्डन गर्दै मिडियाले बढी प्रचार गरेको बताए ।

यता नाइजेरियाका लागि आइसल्याण्डले क्रोएसियालाई हराएन भने बराबरी पनि पर्याप्त हुनेछ । तर, नाइजेरियाली डिफेण्डर विलियम ट्रोष्ट इकोङले बुझेका छन् कि मेस्सीलाई रोकेर उनीहरु अघि बढ्न सकिन्छ । ‘जब मेस्सी लयमा फर्कन्छन् हाम्रा लागि समस्या पक्कै हुन्छ, तर हामी पनि त केही नगरी बस्दैनौं नि !’ उनले भने । ‘थुप्रै स्तरीय खेलाडी भएको टोलीविरुद्ध खेलेको हाम्रो यो पहिलो पटक होइन, हामी हाम्रो कुरा गर्छौँ र हाम्रो सम्भावना अधिक छ ।’

तपाईको प्रतिक्रिया