शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – आइतवार टोकियोमा भएको चौथो फुटसल टुर्नामेन्टमा काभ्रे समाज जापान विजयी भएको छ । सो समाजले प्रथम पुरस्कारस्वरुप ५ लाख ४ हजार ६ सय २४ येन नगद, पदक तथा ट्रफिले हात पारेको छ भने दोस्रो हुने याताईमुरा नेपाल युनाईटेड ब्रदर्शले २ लाख, ४ हजार ६ सय २४ येन नगद, पदक तथा ट्रफिले सम्मानित भएको छ ।

टोकियो ब्रदर्शद्वारा आयोजित सो प्रतियोगितामा राईजिङ नेपाल ए र टोकियो ब्रदर्श ह्वाईट सेमिफाईनलमा पुगेका थिए । सेमिफाईनलमा पुगेका यी दुई टिमलाई प्रतिटिम ५० हजार येन नगदले पुरस्कृत गरिएको थियो ।

एनआरएन जापानका अध्यक्ष टासी वाङदी लामाको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा पूर्व राष्ट्रिय फूटवल खेलाडि बसन्त गौचनको बिशेष उपस्थिति रहेको थियो ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडि घोषित काभ्रे समाजका सागर चौधरी, बेष्ट डिफेन्सर घोषित काभ्रे समाजका टिम क्याप्टेन लिल गुरुङ, बेष्ट किपर घोषित काभ्रे समाजका खेलाडि सुमन लामा, सर्बोत्कृष्ट स्कोरर घोषित नेपाल युनाईटेड ब्रदर्शका खेलाडि रितन श्रेष्ठ र राइजिङ नेपाल ए का सुधिर गुरुङ जनहीलार्इ ५ हजार येन नगद, ट्रफि र गोरेटो प्रडक्सनद्वारा आयोजना हुन गईरहेको नेपथ्य कन्सर्टको टिकटले पुरस्कृत गरिएको थियो ।

टोकियोको निशि हाचिओजीमा भएको सो फुटसल प्रतियोगितामा ३० टिमले भाग लिएका थिए ।***

तपाईको प्रतिक्रिया