Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  रुसमा जारी विश्वकप फुटबलमा आज (सोमबार) बाट समूह चरणको अन्तिम खेलहरु सुरु हुँदैछ । विश्वकपमा आज समूह ‘ए’ र ‘बी’ गरी दुई समूहको अन्तिम चरणका चार खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत आज समूह ‘ए’ बाट उरुग्वे र रुस तथा साउदी अरेबिया र इजिप्टले प्रतिस्पर्धा गर्दै छन् । दुवै खेल नेपाली समय अनुसार बेलुकाको ७ : ४५ मा सुरु हुनेछ ।

यो समूहबाट अन्तिम १६ मा जाने दुई टोलीको तय भईसकेको छ । आयोजक रुस र उरुग्वेले यो समूहबाट नकआउट चरणमा स्थान बनाउदा साउदी अरेबिया र इजिप्ट समूह चरणबाटै घर फर्केको छ । त्यसैले आज हुने खेलमा उरुग्वे र रुसले समूह विजेता बन्नको लागि खेल्ने छ । साउदी र इजिप्ट भने एक जितसहित विश्वकप यात्रा टुंगाउन चाहन्छ ।

आजै हुने अर्को खेलमा समूह ‘बी’ मा रहेको स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुनेछ । यो समूहको दुवै खेल राति ११: ४५ बजे सुरु हुनेछ । र, आजको खेलले यो समूहबाट दोस्रो चरणमा पुग्ने टोलीको तय हुनेछ ।

यो समूहमा पोर्चुगल र स्पेनको समान ४ – ४ अंक छ । इरानको ३ अंक रहदा मोरक्को अंकबिहिन रहेका छ । त्यसैले यो समूहबाट स्पेन, इरान र पोर्चुगलमध्ये एक टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छ । यो समूहको दुवै खेल बराबरीमा सकिए स्पेन र पोर्चुगलले नकआउट चरणमा स्थान बनाउने छन् । इरानलाई भने जित्नै पर्ने दबाब छ । पोर्चुगलविरुद्ध जित निकाल्न इरानलाई सहज भने छैन ।

तपाईको प्रतिक्रिया