Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – फिफा विश्वकप फुटबलमा जापानविरुद्ध सेनेगलले २ – १ को अग्रता बनाएको छ ।

एक्टेरीङबर्ग स्टेडियममा पहिलो हाफ १ – १ को  बराबरीमासकिएको खेलको दोस्रो हाफमा सेनेगलले अग्रता बनाएको हो । सेनेगलका मौसा वागुएले खेलको ७१ औं मिनेटमा गोल गर्दै सेनेगललाई २ – १ को अग्रता दिलाएका हुन् । १९ बर्षीय उनको यो राष्ट्रिय टोलीका लागि पहिलो गोल हो ।

यसअघि खेलको ११ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन्  । जापानको किपरले पन्च गरेर क्लियर गर्न खोजेको बल मानेलाई ठोक्किएर गोल भएको थियो ।  तर, खेलको ३४ औं मिनेटमा ताकासीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए  ।

जारी खेलमा दुवै टोली ३ अंक प्राप्त गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । र, पहिलो खेलको जितले दुवै उत्साहित रहेका छन् ।दुवै टोली ३ अंक जोड्दै नकआउट चरणमा पुग्न चाहन्छ ।

एसियाली पावर हाउस जापानले पहिलो खेलमा कोलम्बियालाई २ – १ ले पराजित गरेको थियो । सेनेगलले पोल्याण्डलाई २ – १ ले नै हराएको थियो ।

तपाईको प्रतिक्रिया