शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – रसिया विश्वकपमा खेल्ने समूहमध्ये चार फरक महादेशका टिम भएको दुई समूहमध्ये समूह एच पनि एक हो । आयोजक रसिया रहेको समूह ए मा उरुग्वे, इजिप्ट र साउदी अरेबिया छन् । यस समूहमा युरोप, एसिया, दक्षिण अमेरिका अफ्रिकाको टिम थिए ।

यस्तै समूह एचमा पनि यी चार वटै महादेहशको एक एक टिम छन् । यस समूहको पहिलो खेलमा जापानले कोलम्विया तथा सेनेगलले पोल्याण्डलाई पराजित गरेका थिए । यी दुबै नतिजा केही हदसम्म अप्रत्यासित नै थियो । पहिलो खेलमा जित हात पारेका दुई टिम जापान र सेनेगल आज साँज ८:४५ बजे भिड्दैछन् । दुबैको लक्ष्य लगातार दोस्रो खेल जित्दै अन्तम १६ को यात्रा नजिक बनाउनु हुनेछ ।

दुबैले पहिलो खेलमा समान २-१ अन्तरको जित हात पारेका थिए । यस्तै पहिलो खेलमा पराजित भएका पोल्याण्ड र कोलम्बिया पनि अन्तिम १६ को सम्भावना कायम राख्न पहिलो जितको खोजीमा हुनेछन् । अफ्रिकन राष्ट्र सेनेगलले अहिलेसम्म ३ भेटमा जापानसँग हार बेहोरेको छैन। तीनवटै खेल मैत्रीपूर्ण थिए । जापानले सेनेगललाई पराजित गरे विश्वकपको समूह चरणमा सुरुको लगातार दुई खेल जित्ने पहिलो एसियाली राष्ट्र बन्नेछ ।

यसअघि सन् २००२ दक्षिण कोरियासँग संयुक्त रुपमा बयोजना गरेको विश्वकपमा मात्र जापानले लगातार दुई खेल जितेको थियो । जसमा जापानले समूहको दोस्रो र तेस्रो खेलमा क्रमशः रसिया र ट्युनिसियालाई हराएको थियो । उता सेनेगलले विश्वकपमा खेल्न लागेको जापान पहिलो एसियाली प्रतिद्वन्दी हो । सेनेगलले विश्वकपमा खेलेका अहिलेसम्का ६ मध्ये ३ खेल जितेको छ र यो अफ्रिकन देशहरुमा सबैभन्दा राम्रो नतिजा हो । अफ्रिकन राष्ट्रमध्ये सन् १९९० मा क्यामरुन र १९९८ मा नाइजेरियाले समूहमा लगातार दुई खेल जितेका थियाे ।

तपाईको प्रतिक्रिया