शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – थकाली सेवा समिति जापानले यस वर्ष पनि बार्बेक्यु (समर पिकनिक) कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक वर्ष गर्दै आएको बार्बेक्यु कार्यक्रम यस वर्ष आउँदो जुलाई १५ तारिक आइतबारका दिन गर्न लागिएको बार्बेक्यु संयोजक अनिल भट्टचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि शिनकिबास्थित तोरिचु युमेनो सिमा कोयनमा गरिएको भए पनि यस वर्ष भने प्राविधिक कारण खानागावा केन, कावासाकी सि नाकाहारा कु सिनमारुको स्टेशन नजिकै मारुकोबासी बार्बेक्यु स्पटमा गरिनेछ । विगतका वर्ष जस्तै यस वर्ष पनि विभिन्न परिकारहरुको साथ बार्बेक्यु कार्यक्रम गरिने समितिका अधयक्ष बुद्धी गौचनले बताउनुभयो । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने समेत उहाँको भनाई छ ।

बार्बेक्यु कार्यक्रममा जापानवासी सम्पूर्ण नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध गरिएको छ । आयोजकका अनुसार बार्बेक्यु कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गरिनेछ । थकाली सेवा समिति (थसेस) जापान सन् १९९१ मा स्थापना भएको पूरानो नेपाली संस्था हो । संस्थाले स्थापना कालदेखि हरेक वर्ष बार्बेक्यु कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया