शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो–जापानको जलविभागमा काम गर्ने एक अधिकारीलाई आफ्नो कार्यालय समय अगावै लञ्च ब्रेकमा गएको अभियोगमा पत्रकार सम्मेलन गरेर जनतासँग माफी मगाइएको छ ।
६४ वर्षका सो कार्यालयमा काम गर्ने अधिकारीलाई पछिल्लो सात महिनामा २६ पटक लञ्च समय भन्दा ३ मिनेट अगाडी नै आफ्नो डेक्स छाडेको घटनामा दोषी पाइएपछि विभागले पत्रकार सम्मेलन गरेर जनतासँग माफी मगाएको हो । विभागले यसका लागि एक दिनको आधा तलब काट्नुका साथै यस्तो कार्य फेरी नदोहोर्याउनका लागि समेत सचेत गराइएको छ । पत्रकार सम्मेलनमा अधिकारीले सबैको सामु झुकेर माफी मागे ।
पत्रकार सम्मेलनमा विभागले भन्यो, ‘हाम्रो लञ्च ब्रेक दिउँसो १ बजे हुन्छ । तर दोषी अधिकारीले यस अघि नै आफ्नो डेस्क छोडे । हामी यस्तो प्रकारको व्यवहारको खेद गर्छौं, हामी माफी माग्छौं । जल विभागका अधिकारीका अनुसार उनलाई लोकसेवा कानूनको उल्लंघन गरेकोे दोषी पाइएको थियो । यस कानून अनुसार, वर्किङ आवरको क्रममा कर्मचारीले आफ्नो ध्यान काममा मात्र लगाउनुपर्छ ।
कोबेका अधिकारीले यस वर्ष कै फेबु्रअरीमो कार्यालय समयको क्रममा खाजा खान डेस्क छोड्दा एक महिनाका लागि निलम्वन गरिएको थियो । ती व्यक्तिलाई ६ महिनामा ५५ घण्टासम्म अनुपस्थित भएको पाइएपछि निलम्वन गरिएको थियो ।
तर यस घटनालाई समाजिक सञ्जालहरुमा विरोध गरिएको छ । ट्वीटरमा एक प्रयोगकर्ताले लेखे, ‘यो त पागलपन हो, के कोही आफ्नो डेस्कबाट चुरोट पिउन समेत उठ्न सक्दैन ?’ यस्तै, अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो एउटा भद्दा मजाक हो, के यसको अर्थ मानिसहरु शौचालय पनि जान पाउँदैनन् ?’

तपाईको प्रतिक्रिया