शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियन टोलीको इतिहास जापानले बनाएको छ । भर्खरै सम्पन्न छनोट चरणको पहिलो खेलमा कोलम्बियालाई २-१ ले पराजित गरेको हो ।जापानको जीतमा खेलको तेश्रो मिनेटमै सिन्जी काजवाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनेटमै रेडकार्ड पाउँदै कोलम्बियाका कोर्लस सान्चेज बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । तर ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले गोल गर्दै कोलम्बियालाई बराबरीमा पुर्‍याए ।७३ औं मिनेटमा युया ओसाकोको गोलमा जापानले जीत दर्ता गरेको हो । यसअघि कोलम्बियासँग तीन पटक खेल्दा एकमा बरबरी र दुई खेलमा हारेको थियो । दक्षिण अमेरिकी देशसँग १७ पटक खेलेको थियो तर जित्न सकेको थिएन ।कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४-१ ले हराएको थियो । समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया