शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बियाविरूद्द जापानले अग्रता बनाएको छ । कोलम्बियाविरूद्द २-१ गोल गर्दै जापानले अग्रता बनाएको हो ।

खेलको छैटौं मिनेटमा जापानले पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो । कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानका सिन्जी कागवाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसैगरी खेलको ७३ मिनेटमा युवा ओशाको  गोल गरेका थिए । अहिले कोलम्बिया १० खेलाडीमा सीमित छ । सुरुवाती समयमा नै निकै आक्रमक खेल खेलेको जापानले राम्रो खेलेको थियो । तर, खेलको ३९औं मिनेटमा जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै बराबरी गरेका हुन् ।

तपाईको प्रतिक्रिया