Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

उत्तर कोरियाका राष्ट्रपति किम जोेन उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंगारपुरमा भएको चर्चित भेटबार्ता निश्चितरुपमा ऐतिहासिक मान्न सकिन्छ ।

२७ अप्रिलका दिन उत्तर र दक्षिण दुइ कोरियाको भेटघाट पछि यो शिखर बार्ताको ब्यग्र प्रतिक्षा बिश्वस्तरमा नै हुँदै आएको थियो । यो भेटबार्ता यस काणले पनि अहं महत्वको रह्यो कि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता राष्ट्रपति किम जोन उनको जमेर प्रसंशा गरे । ७३ बर्षीय अमेरिकी राष्ट्रपतिले ३४ बर्षीय किमलाई मेधाबी र बुद्धिमान ब्यक्तित्व बताए । यो बिशेषणले उत्तर कोरियामा ठूलो महत्व राख्दछ ।

बितेको बर्ष २०१७ मा उत्तर कोरियाले परमाणु प्रक्षेप्यास्त्रले अमेरिकालाई नै भेदन गर्ने धम्की दिएको थियो । अर्कोतिर अमेरिकाले उत्तर कोरियालाई बर्बाद पार्ने कसम खाएको थियो ।

त्यसपछि अमेरिकाको ‘हृदय परिवर्तन’ र किम जोङ्ग उनका लागि ट्रम्पका यी शब्दको प्रयोगले बिश्व राजनीतिमा नै अर्थ राख्दछ ।

सम्पन्न शिखर बार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग सुरक्षाको सुनिश्चितताको बदलामा उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपका सम्पूर्ण परमाणु निशस्त्रीकरणको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस बार्ताले पूर्वी एशियामा शान्तिको पहल आरम्भ हुने अपेक्षा गरिएको छ । यद्यपि बार्तालाई अहिले नै पूर्णरुपले सफल मानिहाल्नु अपरिपक्क होला ।

किनभने अझै पनि धेरै प्रश्नहरु नसुल्झिएकै अबस्थामा अड्किरहेका छन् । ती के हन् भने के अमेरिकाले कोरियामाथिको आर्थिक प्रतिबन्ध निशस्त्रीकरणको प्रकृया पूरा नभइकन हटाउला ? किनभने निशस्त्रीकरणको सन्दर्भमा दुबै देशको परिभाषा र समझदारी भिन्ना भिन्नै रहेको पाइन्छ । उत्तर कोरिया एकै पटक सम्पूर्ण आणबिक हात हतियार नष्ट गर्न चाहदैन ।

उसको सोच क्रमबद्धरुपमा आणबिक हतियार नष्ट गर्ने रहेको देखिन्छ । कुरा स्पष्ट छ,— अमेरिकाले जति जति उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध हटाउदै जानेछ उत्तर कोरियाले पनि त्यति त्यति नै आणबिक हतियार पनि नष्ट गर्दै जानेछ । दुबै देशको सोचमा कतिपय बिसंगतिहरु पनि छन् । दुबैमा एक अर्काप्रति भरोसा पनि रहेको छैन ।

उत्तर कोरियाले आणबिक हतियारको तयारी १९५० कोरियाली युद्ध पछिदेखि नै आरम्भ गरेको थियो । यस काममा उसलाई सोभियत संघ र चीनबाट पनि मद्दत मिलेको थियो । २००३ मा पश्चिमा संसारलाई यस कुराको जानकारी मिलेको कुरा प्रकाशमा आएको थियो । त्यस पछिदेखि नै अमेरिकाले उत्तर कोरियामाथि अझ बढी दबाब बढाउन र प्रतिबन्ध लगाउन शुरु गरिसकेको थियो । २००६ मा उत्तर कोरियाले पहिलो आणबिक परीक्षा गरेर आफ्नो कुरा सिद्ध गरिसकेको थियो ।

त्यस बेलादेखि नै उत्तर कोरिया अमेरिकाका लागि सूइरोले घोचे जस्तै एउटा तीखो समस्या बन्दै आएको थियो । बिस्तारै बिस्तारै स्थिति यति गम्भीर र भयानक बन्न पुग्यो कि उत्तर कोरियाले अमेरिका जस्तो शक्तिशाली देशलाई समेत पाठ सिकाउने धम्की दिन थाल्यो । अर्को कुरा के पनि सत्य हो भने संसारभरीमा उत्तर कोरियाको हितैषी चीन र रुस बाहेक अरु कोही थिएनन् ।

अनि अहिले बिश्वमा कैयौं प्रकारका बिबादले युद्धको सन्देह पनि पैदा गरिरहेका छन् । सीरियालाई लिएर अमेरिका र रुस एक अर्कोको सामुमा खडा छन् । उत्तर कोरिया र अमेरिका बीचको द्वन्द्वमा चीन पनि अप्रत्यक्षरुपले सामेल छ । पूर्वी एशियाका सबैजसो देश यसबाट प्रभावित रहेका छन् । यसै कारणले यो ऐतिहासिक किम–ट्रम्प बार्ताको ठूलो महत्व रहेको छ ।

अझै प्रश्नहरु अनेक छन् । पहिलो प्रश्न त के भने के उत्तर कोरियाले यो बार्तालाई पचाउन सक्ला ? किनभने अमेरिकाको इतिहास बिश्वसनीय रहेको छैन । लिबियामा अमेरिकाले यस्तै बार्ता गरेको थियो । कर्णेल कद्दाफीद्वारा सहमत सबै प्रतिबद्धता पूरा गरिएको भए पनि अमेरिकाले कस्तो किसिमले लीबियालाई तहस नहस पार्यो, कर्णेल कद्दाफीलाई कसरी निचोरी निचोरीकन मार्यो यो कुरा अलिकति मात्र ध्यान दिने जो कोहीलाई थाहा छ ।

किमले बार्ता गरिरहँदा यो लिबियाको कुरा पनि अवश्य याद गरेका होलान् । उत्तर कोरियाली राजनीति दुईवटा अहम महत्वका सिद्धान्तमा चल्दै आएको छ । पहिलो हो – जुच्चे बिचारधारा अर्थात् राष्ट्रिय आत्मनिर्भरता र दोश्रो हो – ‘सोंगम’ अर्थात् सेना पहिलो – ‘आर्मी फस्र्ट’ भन्ने सिद्धान्त । यदि बार्ताद्वारा यो सिद्धान्तलाई बद्लियो या परिमार्जन गरियो भने त्यसको ठूलो राजनीतिक तथा आर्थिक परिणाम आउन सक्ने पनि एकथरीको बिश्लेषण छ ।

उत्तर कोरियामा बितेको ७० बर्षदेखि किम परिबारको राज्यसत्ता जस्तै राजनीतिक बर्चश्व रहँदै आएको छ । उल्लिखित आत्मनिर्भरता र सैनिक प्रथम जस्ता सिद्धान्तमा आधारित भएर उत्तर कोरियाको राजनीति चल्दै आएको छ । उत्तर कोरिया जस्तो सानो देशमा सैनिक संख्या ९२ लाखभन्दा बढी रहेको बताइन्छ । बिश्वकै यो चौथो सबैभन्दा ठूलो सैन्य शक्ति मानिएको छ ।

यद्यपि उत्तर कोरियाको कूल जनसंख्या भने २.५ करोड रहेको छ । यत्रो ठूलो संख्यामा रहेको सेनाको भरण पोषण राजनीतिक नेतृत्वका लागि कम ठूलो चूनौति होइन र कोरियामा राजनीतिक परिवर्तन हुँदा यो चूनौतिको सामना कसरी होला अनुमान गर्न गाह्रो छ । के चीनकै बाटोमा उत्तर कोरियाली नेतृत्व पनि हिड्न सक्ला ? यो प्रश्न खडा छ । यदि बार्ताको माध्यमबाट यदि कोरियाली एकीकरणको कुरा अघि बढ्न सक्यो भने दक्षिण कोरियाका अगाडि पनि समस्याहरु खडा हुन्छन् ।

उत्तर कोरियालाई निकै कमजोर र पछाडि परेको आर्थिक स्थिति भएको देश भनेर प्रचार गरिने गरिन्छ र पश्चिमा माध्यमहरुले त एक बिफल राष्ट्रको दिशामा अघि बढिरहेको भनेर पनि प्रचार गर्ने गरेका छन् । अर्कोतिर दक्षिण कोरिया एउटा आर्थिक शक्तिकोरुपमा बिकसित भएको देखिन्छ । यस्तो स्थितिमा जर्मनी जस्तै दुबै देश एकीकृत भए भने यो दक्षिणका लागि निकै बोझपूर्ण बन्ने बिश्लेषण पनि हुन थालेको छ ।
सम्पन्न सिंगापुर बार्तालाई बिश्वभरीका देशहरुले निकै सकारात्मक र सन्तुलितरुपमा लिएको पाइन्छ । तर दक्षिण कोरियामा रहेका २८ हजार अमेरिकी सेना तत्काल हट्ने हटाउने कनै प्रतिबद्धता ब्यक्त गरिएको छैन ।

निश्चय नै ट्रम्प–किम बार्ताले एकै पटकमा बिश्वको तस्वीर त बदल्ने छैन । तर एउटा सकारात्मक शुरुवात भएको छ, जुन सबैका लागि फाइदाजनक नै छ । यसलाई अझ उच्चाईमा लैजाने र इमान्दार प्रयास दुबै तर्फबाट हुनुपर्दछ । यस सन्दर्भमा जहाँसम्म चीनको कुरा छ पहिलादेखि नै सबल स्थिति छ । यो बार्तापछि उत्तर कोरियामा चीनको अझ बढी सकारात्मक प्रभाव पर्ने छ । नयाँ आर्थिक तथा राजनीतिक स्थिति सिर्जना गर्न पनि चीन र उत्तर कोरिया सम्वन्धले मद्दत गर्नसक्ने देखिन्छ ।

अमेरिकालाई पनि यो बार्ता लाभकारी नै छ । सम्भबतः ट्रम्पको बिदेश नीतिको यो नै सबैभन्दा ठूलो बिजय हुनेछ । अन्ततः अमेरिकाले दक्षिण कोरियामा तैनाथ २८ हजारसेना फिर्ता लैजादा त्यसको खर्च पनि घट्नेछ । जापान र दक्षिण कोरियाले पनि राहत सास लिने स्थिति खडा हुन्छ । तर घाँटीमा हड्डी अड्के जस्तै लामो समयदेखि अड्केका यी प्रश्नहरुले समाधानको सही उत्तर देलान् ? प्रश्न यही छ ।

तपाईको प्रतिक्रिया