शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं –  पशुपति क्षेत्रमा रहेको प्राचीन मुर्ति तोडफोड भएको छ ।  गौरीघाटमाथि कैलाश डाँडामा रहेको किरातेश्वर मन्दिरको मुर्ति आफुलाई माता बताउने दुई जनाले तोडफोड गरेको स्थानीयबासी अभिषेक कर्माचार्यले जानकारी दिनुभयो ।

किराकालमै बनकेो मानिने ढुंगाको मुर्तिको पछिल्लो भाग चोईटिएको छ । भालाले हानेको रहेछ, कर्माचार्यले भन्नुभयो, माता हुँ भनेर मध्यराति आएका दुई जना महिलाले रातो रंग मलाई मन परेन भन्दै तोडफोड गरिदिएछन् । मुर्तिको एक भाग पुरै ध्वस्त भएको छ ।

जोड्नै नसकिने अवस्थामा छ । उपत्यकामा पाइने कमै किरातकालीन मुर्तिमध्येमा पर्छ किरातेश्वर । यसको स्थापना किरातकालीन राजा यलम्बरको पालामा बनेको वंशवालीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया