शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – ट्यांकर चालकले तेल नबोकेपछि राजधानी लगायत आसपास क्षेत्रका अधिकांश पेट्रोल पम्प बन्द छन् । पेट्रोलियम पदार्थको ढुवानी गर्नेक्रममा रक्सौल नाकाका भारतीय प्रहरीले दुब्र्यब्यवहार गरेको भन्दै चालकले दुई दिनयता तेल बोकेका ट्याङकर गुडाएका छैनन् ।

भारतीय प्रहरीले कुटपिट गरेको भन्दै चालकहरुले रक्सौल नाकाबाट तेल उठाएका छैन्न भने थानकोट र अमलेखगन्ज डिपोबाट समेत पम्पहरुसम्म ढुवानी गरेका छैनन् । यस कारण राजधानीका अधिकांश पम्प तेल नभएर बन्द गर्नुपरेको नेपाल पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताउनुभयो ।

प्रधानले आइतबार चालकको हड्ताल, शनिबार सार्वजनिक बिदा परेको हुँदा तेल अभावको समस्या देखिएको बताउनुभयो । त्यस्तै शनिबार मूल्य बढाउने तयारीमा रहेको निगमले शुक्रबार पम्पहरुलाई पठाउने तेलको अनुपात घटाएका कारण पनि पम्पहरुमा तेल अभाव भएको प्रधानको दाबी छ ।

नेपाल आयाल निगमले भने चालकसँगको हड्ताल आज साँझबाट अन्त्य भएसँगै तेल लोडिङको कार्य सुरु भइसकेको बताएको छ ।

तपाईको प्रतिक्रिया