Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  बुद्धिबंगारा शारीरिक कारणले सबैभन्दा ढिलो आउने दाँत हो । सामान्यतया यो दाँत १८ देखि २५ वर्षको उमेरभित्र आउने गर्छ । कसै–कसैलाई अझ ढिलो पनि आउँछ । आधुनिक खानपिन र जीवनशैलीका कारण बुद्धिबंगाराको भाग आजभोलि झन् सानो हुँदै गएको छ । निकै सानो स्पेसमा यो बंगारा आउनै सक्दैन । खासमा यो बंगाराको कुनै काम नै छैन । खाना चपाउन पनि यसले कुनै सहयोग गर्दैन । पश्चिमा मुलुकतिर बुद्धिबंगारा दुख्नेबित्तिकै फाल्ने गरिन्छ । नेपालमा भने खपेर बस्ने चलन छ । नेपालमा त यो बंगारा आउनुलाई बुद्धि आएको रूपमा पनि व्याख्या गर्ने गरिन्छ । तर, यो अनावश्यक दाँतको कुनै काम नै छैन । यसको काम व्यक्तिलाई पीडा दिने मात्रै हो :

यो दाँत एकैपटकमा आउँदैन । पटक–पटकमा थोरै–थोरै गर्दै आउँछ । यसैले लामो समयसम्म दुःख दिन्छ । यो आउने ठाउँ नै थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ ।

बुद्धिबंगारा थोरै–थोरै गर्दै आउँदा खाएका कुरा वरिपरि अड्किने गर्छ । दाँत सफा गर्दा पनि ब्रस त्यहाँसम्म राम्ररी पुगेर खेल्न पाउँदैन । अड्किएका खानेकुरा त्यहीँ कुहिने हुन सक्छ । यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै किरा लाग्न सक्छ । किरा लागेपछि झन् बढी दुख्छ ।

बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले थिच्ने पनि हुन सक्छ । यस्तो भएमा पनि दुख्न सक्छ ।

बुद्धिबंगारा आउँदै गर्दा वरिपरिको मासुको भाग छेडेको हुन्छ । यस्तो अवस्थामा इन्फेक्सन हुन सक्छ ।

इन्फेक्सन भएमा दुखाइ बढ्छ ।

तपाईको प्रतिक्रिया