Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ ।

ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सालाई लेभान्तेले ५-४ ले हराएको हो । लिगमा अपराजित रहँदै नयाँ किर्तीमान रच्ने दाउमा रहेको बार्सिलोनाको लक्ष्य पनि यो हारसँगै समाप्त भएको छ ।

गएरातीको खेलमा बार्सा विरुद्ध लेभान्तेलाई महत्वपूर्ण जित दिलाउन ईमानुएल बोटिङले ह्याट्रिक गरेका थिए । स्पेनिस ला लिगाको अर्को खेलमा ईस्पानियोलले मालागालाई ४-१ ले हराँउदा रियाल मड्रिडले सेल्टा भिगोलाई ६-० ले पराजित गरेको छ ।

ला लिगामा एक खेल मात्रै बाँकी छँदा च्याम्पियन बार्सीलोनाको ९० अंक पुगेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अंक छ भने ७५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको भ्यालेन्सीयाले ७० अंकको साथ च्याम्पियन्स लिग छनौट चरणमा स्थान सुरक्षित गरिसकेको छ । यसपटक डेपोर्टीभो लाकोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् ।

तपाईको प्रतिक्रिया