Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इटालियन फुटबल क्लव युभेन्टसले लगातार सातौं पटक ईटालियन लिग अर्थात सिरी ए को उपाधि जितेको छ ।

गएराती भएको खेलमा एएस रोमासँग गोलरहित बराबरी खेल्दै युभेन्टसले उपाधि पक्का गरेको हो ।

अंक तालिकामा युभेन्टसलाई पछ्याइरहेको नापोलीले साम्पडोरियालाई २-० ले पराजित गरेपनि युभेन्टसले सिजनमा एक मात्र खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो ।

३७ खेलबाट शीर्षस्थानमा रहेको युभेन्टसको ९२ तथा दोस्रो स्थानमा रहेको नापोलीको ८८ अंक छ । पछिल्लो पटक सन् २०१०/११ सिजनमा एसी मिलानले लिग जितेयता युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै आएको छ ।

गतहप्ता मात्रै इटालियन कपको उपाधि जितेको युभेन्टसले लगातार चौथो सिजन दोहोरो उपाधि हात पारेको हो ।

तपाईको प्रतिक्रिया