Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

जयपुर –  भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।

राजस्थानले चेन्नईलाई चार विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले अविजित ९५ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

१७७ रनको लक्ष्य पाएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर जित हासिल गरेको हो । जितसँगै अंक तालिकामा राजस्थान छैठौं नम्बरमा पुगेको छ । पराजयका बाबजुद १४ अंकका साथ चेन्नई अंक तालिकाको दोस्रो नम्बरमा छ ।

तपाईको प्रतिक्रिया