Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

लन्डन –  इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सर्वाधिक अंक जोड्ने कीर्तिमान राखेको छ ।

गएरातिको खेलमा ब्राईटनलाई ३–१ ले हराउँदै लिग च्याम्पियन सिटीले प्रिमियर लिग फुटबलको एकै सिजनमा सर्वाधिक अंक जोड्ने कीर्तिमान बनाएको हो । सिजनमा एक खेल बाँकी छँदा म्यान सिटीले ९७ अंक पुर्‍याएको छ ।

यसअघि सर्वाधिक अंकको कीर्तिमान चेल्सीको नाममा थियो । जोजे मौरिन्हो प्रशिक्षक हुँदा चेल्सीले २००४/०५ को सिजनमा जोडेको ९५ अंक प्रिमियर लिगको सर्वाधिक अंक थियो ।

गएरातिको जितसँगै म्यान सिटीले एकै सिजनमा सर्वाधिक १०४ गोल गर्ने कीर्तिमानसमेत राखेको छ । गएराति भएको अर्को खेल जित्दै टोटनह्याम हट्सपरले अंक तालिकाको शीर्ष चारभित्र रहेर लिग सकाउने निश्चित भएको छ । लण्डन क्लव टोटनह्यामले गएराति न्युकासल युनाईटेडलाई १–० ले हरायो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ५० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै टोटनह्याम हट्सपरले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।

गएराति भएको अर्को खेलमा चेल्सीले हडर्सफिल्ड टाउनसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्यामले शीर्ष चारमा पर्ने निश्चित गरेको हो ।

प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई लेष्टर सिटीले ३–१ ले हराएको छ । प्रिमियर लिग फुटबलमा आज राति वेष्ट ह्याम युनाईटेड र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् ।

तपाईको प्रतिक्रिया