Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – झापामा जारी प्रथम दमक गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा विभागिय त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

सरस्वती युथ क्लबलाई फराकिलो अन्तरले हराएको मनाङ आर्मी विरुद्ध पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ । आयोजक दमक ११ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको आर्मी आफ्नो क्षमता अनुसारको खेलसँगै उपाधि नजिक पुग्ने लक्ष्यमा छ ।

२ टोलीबीचको सेमिफाइनल भिडन्त दमक बहुमुखी क्याम्पसको खेल मैदानमा अपरान्ह ४ बजे सुरु हुनेछ । आजको विजेताले उपाधिका लागि नेपाल पुलिससँग प्रतिस्पर्धा गनुपर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमि फाइनलमा एपिएफलाई १–० ले हराउँदै पुलिसले उपाधि यात्रा तय गरेको थियो । प्रतियोगिताको उपाधि विजेताले १३ लाख ११ हजार रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया