Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्र्तगतको हिजो भएको खेलमा मुम्बई इन्डियन्स र किंग्स इलेभन पञ्जाव विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा मुम्बईले कोलकोत्ता नाइट राइडर्सलाई १३ रनले पराजीत गरेको हो ।

टस हारेर पहिले ब्याटिगं गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । १ सय ८२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कोलकोत्ताले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६८ रन मात्र बनाउन सक्यो ।

कोलकोत्ता हारका बाबजुद अंक तालिकाको चौथो स्थानमा छ भने मुम्बई एक स्थान माथि उक्लिदै अंक तालिकाको पाँचौ स्थानमा छ । यस्तै हिजो राति भएको अर्को खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजीत गरेको छ ।

टस हारेर पहिले ब्याटिगं गरेको राजस्थानले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । १ सय ५३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पञ्जावले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

जितका बाद पञ्जाव अंक तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान रोयल्स अंक तालिकाको पुछारमा हुँदै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको छ । यस्तै प्रतियोगिता अन्र्तगत आज एक मात्र खेल हुनेछ ।

आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच राति सवा ८ बजेबाट प्रतिस्पर्धा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया