Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरुले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारभित्र परेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ ।

लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा आर्सनलले बर्न्लेलाई ५-० ले हराएको छ ।

खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा अलेक्जेन्डर लाकाजेट्, सिद कोलासिनाच र अलेक्स ईओबीले एक–एक गोल थपे । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।

इङलिस प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि ३६ खेलबाट ९४ अंकसहित म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ७७ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ । लिभरपुल भने ७२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया