Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले महत्वपूर्ण जित हात पारेको छ ।

आइतबारको पहिलो खेलमा मुम्बइले कोलकाता नाइट राइडर्सलाई १३ रनले हराउँदै महत्वपूर्ण २ अंक थपेको हो । १ सय ८२ रनको लक्ष्य पछ्र्याएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि रोबिन उथप्पाले ३५ बलमा ५४ तथा दिनेश कार्तिकले २६ बलमा नटआउट ३६ रन बनाएपनि जीतका लागि पर्याप्त भएन । मुम्बईका हार्दिक हार्दिक पाण्ड्याले दुई विकेट लिए ।

मुम्बइमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले ४ विकेट गुमाएर क्षतिमा १ सय ८१ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५९ एभिन लेविसले ४३ र हार्दिक पाण्ड्याले नटआउट ३५ रन बनाए ।

कोलकाताकासुनिल नाराइन र आन्द्रे रसेलले दुई–दुई विकेट लिए ।

तपाईको प्रतिक्रिया