Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिड र फ्रान्सको मार्से ‘युरोपा लिग फुटबल’को फाईनलमा प्रवेश गरेका छन् ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–० ले हराँउदै एथ्लेटिको मड्रिड फाईनलमा पुगेको हो ।

गएरातिको खेलमा एथ्लेटिकोलाई विजयी गराउन ४५ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो ।

यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलपछि एथ्लेटिको मड्रिड समग्रमा २–१ को परिणामसहित फाईनलमा पुगेको हो ।

फाईनलमा एथ्लेटिकोको भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा अष्ट्रियाको साल्जवर्गसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को जित निकाल्दै मार्से फाईनलमा पुगेको हो । आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा मार्से २–० ले विजयी भएको थियो ।

एथ्लेटिको मड्रिड र मार्सेबीचको युरोपा लिग फाईनल खेल यही मे १६ तारिखका दिन फ्रान्सको लियों शहरमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया