Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

न्युजिल्याण्ड  – न्युजिल्याण्डको क्रिकेट बोर्डले पाकिस्तानमा क्रिकेट खेल्न जाने विषयमा छलफल गरिरहेको जनाएको छ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तानमै क्रिकेट खेल्न आउन पत्राचार गरेपछि न्युजिल्याण्डको क्रिकेट बोर्डले यसबारेमा न्युजिल्याण्ड सरकार, सुरक्षाकर्मी र खेलाडीसँग छलफल गरिरहेको जनाएको हो ।

न्युजिल्याण्ड क्रिकेट बोर्डका प्रवक्ताले छलफल र परामर्शको काम सकिएपछि पाकिस्तानी क्रिकेट बोर्डलाई जवाफ पठाउने बताएका छन् । पीसीबीले आउँदो नोभेम्बरमा क्रिकेट खेल्न आउन न्युजिल्याण्डको क्रिकेट बोर्डलाई पत्राचार गरेको हो ।

पाकिस्तानले न्युजिल्याण्डसंग टेष्ट, एकदिवसीय र ट्वेण्टी ट्वेण्टी क्रिकेटको शृंखला दुबईमा आयोजना गर्ने तयारी गरिरहेको छ । न्युजिल्याण्ड सहमत भए यो शृंखला पाकिस्तानमै आयोजना गर्ने पीसीबीको तयारी छ ।

सन् २००२ मा टिमका सदस्य बसेको होटल नजिकै भएको आक्रमणमा १५ जनाको ज्यान गएपछि न्युजिल्याण्ड खेलरिहेको टेष्ट क्रिकेटको शृंखला छोडेर घर फर्किएको थियो । त्यसयता न्युजिल्याण्डले पाकिस्तानमा टेष्ट क्रिकेट खेलेको छैन ।

तपाईको प्रतिक्रिया