Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

काठमाडौं –  मानिसहरु भन्छन्,  मोटोपनाबाट छुटकारा पाउनका लागि तपाईंलाई मानसिक शक्तिको आवश्यकता पर्छ तर शोधकर्ताका अनुसार यस्तो होइन ।

आज हामी तपाईंलाई यस्ता पाँच कारण बताउँदैछौं जसले तपाईंको तौललाई प्रभावित गरिरहेको छ ।

१. कतै माइक्रोब्स त कम छैन ?

जिलियन र जेकी जुम्ल्याहा हुन् तर यी दुईको तौलमा ४१ किलोको फरक छ ।

ट्वीन रिसर्च यूके स्टडीसँग सम्बन्धित प्राध्यापक टिक स्पेक्टर यी दुईमाथि पछिल्लो २५ वर्षदेखि अनुसन्धान गरिरहेकी छिन् ।

उनका अनुसार दुबैको तौलमा यति धेरैको अन्तर हुनुको सबैभन्दा ठूलो कारण सक्ष्म जिवाणु माइक्रोब्स हो जुन तपाईंको आन्द्रामा बस्छ ।

स्पेक्टर भन्छिन्, ‘हरेक पटक जब तपाईं केही खानुहुन्छ तब तपाईं अर्बौं माइक्रोब्सलाई पनि खाना दिइरहनुहुन्छ, यस्तोमा तपाईं कहिले पनि एक्लै खाना खानुहुन्न ।’

दुबैको दिसाको परिक्षण गरेपछि यो पत्ता लाग्यो कि पातली बहिनीको जिलियनको शरिरमा भिन्न प्रकारको माइक्रोब्स थियो ।

यस्तै, बढि तौल भएकी ज्याकीको शरिरमा त्यति माइक्रोब्स भेटिएनन् ।

लगभग ५ हजार मानिसमा यस्तै ढाँचा देख्ने प्राध्यापक स्पेक्टर भन्छिन्, ‘जुन व्यक्तिमा जति विविध प्रकारका माइक्रोब्स हुनेछन्, उनीहरु त्यति नै पातलो हुनेछन् । यस्तै यदि तपाईंको तौल धेरै भयो भने यसको अर्थ तपाईंको शरिरमा हुनुपर्ने माइक्रोब्स छैनन् भन्ने बुझ्नुपर्छ ।’

यस्तोमा यदि तपाईं स्वस्थ खानेकुरा (फाइबरले भरपुर खाना) खानुभयो भने तपाईंको शरिरमा माइक्रोब्सको किसिम बढ्न सक्छ ।

ती खानेकुरा जसमा फाइबरको मात्रा भरपुर हुन्छः

फलफूल, रसिलो फलजस्तै अंगुर, नाश्पाती

ब्रोकोली र गाजरजस्ता तरकारी

दाल

बदाम आदि

२. जीन आफैंमा एक वरदानः

के तपाईंले कहिले सोच्नुभएको छ ? मानिसहरुले खानामा निकै सावधानी अपनाउँदा पनि तौल नियन्त्रणमा राख्न सक्दैनन् ।

यस्तै, कोही भने मन लागेको खानेकुरा जति पनि खाँदा पनि फिट देखिन्छन् ।

प्राध्यापक सदफ फारुकी भन्छन्, ‘यो चिट्ठा परेको जस्तै हो । हाम्रो तौलको नियन्त्रणमा जीन्सको भूमिका हुने कुरा सार्वजनिक भइसकेका छ । यदि तपाईंको जीन्समा कुनै गडबडी छ भने यसले यत्तिकै पनि मोटापना बढाइरहेको हुन्छ ।

जीन्सले कुनै व्यक्तिको भोक, कति खाने र के खाने भन्ने निर्णयमा प्रभाव पार्ने गर्दछ ।

तपाईं कति चाँडो क्यालोरी खर्च गर्नुहुन्छ त्यो पनि जिन्यले निर्धारण गर्छ । यसका साथै जीन्सले नै आफ्नो शरिरको तौल कसरी झेल्ने भन्ने पनि निर्धारण गर्छ ।

यस्ता प्रकारका जीन्सको संख्या कम्तीमा सय छन् जसमा MCR4 जीन पनि समावेश छ ।

क्याम्ब्रिज युनिभर्सिटिका वैज्ञानिकका अनुसार हाम्रो तौलमा ती जीन्सको ४० देखि ७० प्रतिशत असर पर्ने गर्दछ जुन हामी परिवारबाट हाँसिल गर्छौं ।

एक हजारमध्ये एक व्यक्तिमा MCR4 जीनको बिग्रिएको स्वरुप हुन्छ । यो जीनले तपाईंको भोकलाई नियन्त्रण गर्ने र भोक बढाउने काम गर्दछ ।

यस्तै जीनको गडबडी भएका मानिसहरुलाई अत्यधिक भोक लाग्छ । यसका साथै बोसोयुक्त खानेकुरा खाने इच्छा हुन्छ ।

प्राध्यापक फारुकी भन्छन्, ‘वास्तवमा तपाईं आफ्नो जीनलाई केही गर्नै सक्नुहुन्न । तर केही व्यक्तिले आफ्नो जीन्सलाई बुझेर डाइट मेन्टेन र व्यायाम गरेर तौललाई नियन्त्रणमा राख्छन् ।

३. कुन समयमा के खाइरहनु भएको छ ?

तपाईंमध्ये धेरैलाई यो पुरानो भनाई थाहा होला – बिहानको नास्ता एक राजाजस्तै खानुहोस्, दिउँसोको खाना एक सामन्तीजस्तै र राती गरिबले झैं ।

ओबेसिटी विशेषज्ञ डा. जेम्स ब्राउनका अनुसार जति ढिलो हामी खान्छौं हामो तौल बढ्ने सम्भावना त्यति नै धेरै हुन्छ ।

राती हामी कम सक्रिय हुने भएकाले राती खाना ठिक तरिकाले नपच्ने धेरैको धारणा छ तर वास्तवमा यसको सम्बन्ध हाम्रो शरिरको आन्तरिक बडी क्लकका कारण हो ।

उनी भन्छन्, ‘हाम्रो शरिरले रातीभन्दा दिनमा क्यालोरीको पाचन राम्रो तरिकाले गर्छ ।’

यसै कारण जो व्यक्ति सिफ्टमा वा अचम्मको समयमा काम गर्दछन्् उनीहरुको तौल बढ्ने गर्छ ।

राती हाम्रो शरिरले चिल्लो र चीनीलाई पचाउन संघर्ष गर्छ ।

त्यसकारण तौल घटाउन चाहनेले बेलुका सात बज्नु अघि नै एक दिनको आहारको धेरैजसो क्यालोरी खाइसक्नुपर्छ ।

डा. ब्राउन भन्छन्, ‘पछिल्लो एक दशकमा ब्रिटेनमा रातीको खानाको औसत समय ५ बजेबाट झरेर १० बजे पुगेको छ । यसले मानिसहरुमा मोटोपना बढाएको छ ।

तर आजको समयमा कामको विभिन्न सिफ्ट र तनावपूर्ण जीवनशैली हुँदाहुँदै पनि तपाईं यस्ता काम गर्न सक्नुहुन्छ जसले तपाइएंको तौल काम हुनसक्छ ।

डा. ब्राउन भन्छन्, ‘ब्रेकफास्ट नगर्नु र पाउरोटी टोकेर काम चलाउनु पटक्कै ठिक होइन ।’

यसको साटो प्रोटिनयुक्त खानेकुरा जस्तै अण्डा खाँदा तपाईंले धेरै समयसम्म आफ्नो पेट भरिएको महसुस गर्नुहुन्छ ।

४. दिमागलाई झुक्काउनुहोस्ः

बिहेवियरल इनसाइट टीमका अनुसार ब्रिटेनका मानिसहरु आफ्नो खानाको हिसाब राख्न निकै खराब छन् ।

बिहेवियरल साइन्टिस्ट ह्यूगो हार्परले क्यालोरी गन्नुको साटो तपाईंले आफ्नो खानपिनको बानी परिवर्तन गर्नुपर्ने सुझाउँछन् ।

उदाहरणका लागि देखेको खानेकुरा जबर्जस्ती नखानुको साटो आफ्नो वरिपरि स्वास्थ्यलाई हानी पुर्याउने खानेकुरा राख्दै नराख्नुहोस् ।

किचनमा प्याक गरिएका खाजा राख्नुको साटो फलफूल राख्नुहोस् ।

यसका साथै टिभीको अगाडि बिस्कुटको पूरा प्याकेट राखेर नबस्नुहोस् ।

त्यसको साटो आफूले खाने बिस्कुट प्लेटमा राख्नुहोस् ।

यस्तै, सफ्ट ड्रिंक्सको डाइट भर्सन खानुहोस् । यस्तै, बेलुकाको चियामा चकलेट बिस्कुट नखानुहोस् ।

डा. हार्परका अनुसार यदि खानेकुराको मात्रामा ५–१० प्रतिशत कमी भयो भने मानिसहरुलाई यसबारे थाहा नै हुँदैन ।

५. हर्मोनको के भूमिका ?

बेरियाट्रिक सर्जरीको सफलता सानो पेट बनाउनु मात्र नभई ती हर्मोनमा पनि परिवर्तन गर्नु हो जुन पेटमा पैदा हुन्छन् ।

हाम्रो भोक हाम्रो हर्मोनबाट प्रभावित हुन्छ । मोटोपनाको उपचारमा सबैभन्दा प्रभावकारी उपचार बेरियाट्रिक उपचार हो जसले त्यस्तो हर्मोनको उत्पादन गर्छ जसले हामीलाई भोक लागेको महसुस गराउँदैन ।

तर यो एक ठूलो शल्यक्रिया हो जसमा पेटको साइज ९० प्रतिशत कम हुन्छ र त्यस्ता व्यक्तिलाई गरिन्छ जसको बीएमआई (बडी मास इन्डेक्स) कम्तीमा पनि ३५ हुन्छ ।

इम्पिरियल कलेज लण्डनका अनुसन्धानकर्ताले आन्द्राको ती हर्मोनको रचना गरेको छ जसले उक्त शल्यक्रियापश्चात् भोकमा परिवर्तन गर्ने गर्छ ।

यो शल्यक्रिया गरेकाहरुलाई हरेक दिन यस्तो हर्मोनको सूई दिइन्छ ।

तपाईको प्रतिक्रिया