Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – भारतमा जारी आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ ।

गएराति भएको वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हरायो । खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको दिल्लीले १८ औं ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको अवस्थामा वर्षाले खेल रोकियो ।

दिल्लीका रिसभ पन्तले ६९ रन जोड्दा श्रेयस ऐयरले ५० रन तथा पृथ्वी शहले ४७ रन जोड । यसपछिको खेल वर्षाले प्रभावित भएपछि राजस्थानलाई १२ ओभरमा १ सय ५१ रनको परिमार्जित विजय लक्ष्य दिइयो ।

तर राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनाएपछि दिल्ली ४ रनले विजयी भएको हो । राजस्थानका सुरुवाती ब्याट्सम्यानहरु जोस बट्लरले ६७ रन तथा डिआर्सी शर्टले ४४ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

आइपीएल क्रिकेटको जारी संस्करणमा कमजोर प्रदर्शन गरिरहेको दिल्लीलाई गएरातीको जितपछि केही राहत मिलेको छ । ९ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेका राजस्थान रोयल्स र मुम्बई इन्डियन्स दिल्लीभन्दा तल रहेका छन् । आइपीएल क्रिकेटमा आज शीर्ष स्थानको चेन्नाई सुपर किङ्स र चौथो स्थानको कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया