Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  बायर्न म्युसनिखलाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति रियाल मड्रिडको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेल २-२ गोलको बराबरीमा सकिएपछि समग्रमा ४-३ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको हो ।

यसअघि बायर्न म्युनिखको मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिड २-१ ले विजयी भएको थियो ।

गएरातिको खेलमा बायर्नका जोसुवा किमिच र हामेज रोड्रिग्व्जले एक–एक गोल गर्दा रियाल मड्रिडका लागि दुबै गोल करिम बेन्जमाले गरेका थिए ।

रियाल मड्रिडले अब उपाधिका लागि लिभरपुल र ए.एस रोमाबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल आज राति ईटालीको रोममा हुनेछ ।

इङ्ल्यान्डमा भएको पहिलो लेगको खेलमा ५÷२ को जित निकालेको लिभरपुल यो खेलबाट फाइनल पुग्ने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया