Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  चौथो माईभ्याल्ली गोल्डकप फुटबलको उपाधिका लागी आज रुस्लान थ्रीस्टार र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाईनलमा थ्रीस्टारले बिभागीय एपिएफलाई हराउँदै उपाधि यात्रा तय गरेको हो भने मनाङले आर्मीको चुनौती पन्छाउँदै फाईनलमा स्थान सुरक्षित गरेको थियो । उपाधि भिडन्त सदरमुकामस्थित ठुलो टुँडिखेलको खेल मैदानमा दिउँसो साढे ३ बजे सुरु हुने छ ।

२ टोलीबीच भएका पछिल्ला ५ भेटमा थ्रीस्टारले शत प्रतिशत नतिजा हात पारेको छ । आज पनि जितको श्रृंखलालाई निरन्तरता दिदै उपाधि जित्ने लक्ष्यका साथ थ्रीस्टार मैदान उत्रनेछ ।

उपाधि दाबेदार आर्मीलाई हराएको मनाङ भने थ्रीस्टारसँग यसअघि भोगेका हारको बदला लिदै उपाधि उचाल्ने लक्ष्यमा छ । १२ टोली सहभागी प्रतियोगीताको बिजेताले ६ लाख ६६ हजार र उपबिजेता टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया