Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – आगामी २१ गतेबाट कास्कीको पोखरामा दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता हुने भएको छ । नेपाल योग खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता तीन दिन सम्म चल्ने छ । संघले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र मालदिभ्सका तीन सय खेलाडी सहभागी हुनेछन् । मलेसिया, स्लोभानिया, जर्मनी र आयरल्यान्डका खेलाडीले डेमो प्रदर्शन गर्ने संघका महासचिव चुडामणि खरेलले बताए । प्रतियोगितामा महिला र पुरुषको विभिन्न उमेर समूहमा व्यक्तिगत र सामूहिक प्रतिस्पर्धा गराइने उनले जानकारी दिए ।

१४ स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उनले भने, ‘सबै समूहबाट उत्कृष्ट पुरुषलाई साउथ एसिया योग र महिलालाई साउथ एसिया योगिनी घोषणा गरी स्वर्ण दिइनेछ ।’ प्रतियोगितामा सहभागीलाई विभिन्न योग आसनमा प्रतिस्पर्धा गराई निर्णायकको अंकको आधारमा विजेता छनोट गर्ने संघले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । संघले गत वर्षको बैशाखमा पहिलो दक्षिण एसियाली स्तरको प्रतियोगिता गरेको थियो ।

तपाईको प्रतिक्रिया