Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024
काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई २–१ ले हराएको छ ।
घरेलु मैदान सान्टियागा बर्नाबाउमा रियल मड्रिडलाई जिताउन ग्यारेथ बेल र बोजा मायोरलले गोल गरे । ८औं मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मायोरलले गोल गर्दै अग्रता दोबर पारे ।
६६ औं मिनेटमा लेगानेसका डार्को ब्रासानाकले गोल गरेपनि टीमको जितका लागि पर्याप्त भएन । इन्जुरी समयमा ग्याब्रियलले रातो कार्ड पाएपछि लेगानेस १० खेलाडीमा सिमित भयो ।
जितसँगै रियलले दोस्रो स्थानको एथलेटिको मड्रिडसँगको अंक दूरी १ मा झारेको छ । एथलेटिकोको ७२ अंक छ भने रियल ७१ अंक सहित तेस्रो स्थानमा छ ।
लेगानेस ४० अंक सहित १५ औं स्थानमा छ । अंक तालिकामा बार्सिलोना ८३ अंकसहित शीर्ष थानमा छ । रियल मड्रिड स्टार खेलाडी रोनान्डो बिना नै उत्रिएको थियो ।
तपाईको प्रतिक्रिया