Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले प्रतियोगितामा केही राहत पाएको हो । जारी प्रतियोगिताको सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार हो । जितपछि मुम्बई अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

चेन्नाईले दिएको १ सय ७० रनको लक्ष्य मुम्बईले खेलमा २ बल बाँकी छँदा २ विकेट गुमाएर पार ग¥यो । मुम्बईका कप्तान रोहित शर्माले अविजित ५६ रन जोड्दा इभान लेविसले ४७ रन तथा सूर्यकुमार यादवले ४४ रन जोडे ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित ७५ रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आज राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया