Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरको आयोजनामा पर्सि बिहीबार देखि हेटौंडामा भेट्रान राष्ट्रिय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदैछ ।

हेटौंडामा  आयोजित पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष निरजसिंह ठकुरीले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका—४ लोकतान्त्रिक चौरको खेल मैदानमा हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा ४० वर्ष माथिका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका विजेताले ५० र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया