Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

टोकियो-गलकोट स्पोर्टस क्लबको चौंथो मैत्रीपूर्ण रनिङकप भलिबलको उपाधि स्टुडेन्ट युनियन नागायोले जितेको छ भने ज्वाला युथ क्लब चरौंदी नागायोले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ  ।

अप्रिल १८ तारिकका दिन ओता कु स्पोर्टस सेन्टर हिगासी कामातामा सम्पन्न सो प्रतियोगितामा १३ टिमलाई प्रतिष्पर्धामा उछिन्दै  स्टुडेन्ट युनियन नागायोले पहिलो स्थान बाजी मारेको हो । विजेता टिम नागोयाले ३ लाख येन सहित चाँदीको कप र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको ज्वाला युथ क्लब चरौंदीले २ लाख येन सहित पदक र प्रमाणपत्र पाएको छ ।

राष्ट्रिय खेल भलिबललाई सबैको चासो बनाउने र बागलुङको गलकोट क्षेत्रमा खेलकूदको विकास र सम्बर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भर्सटाईल खेलाडीको उपाधि बिमल बुढाथोकीले, वेष्ट डिफेन्सको उपाधि केशव केसी,स्पोर्टसमेनसीप अवार्ड मनोज केसी र उत्कृष्ट खेलाडी छवि थापालाई दिइएको थियो ।

क्लबको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा खेलसगै गायक कुलेन्द्र बिक र रिता केसीले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने दिव्य नेपाल र गिट्सन नेपालले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिता अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा र गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सिल्भर कपको प्रायोजन संस्थाका सल्लाहकार चन्द्र खत्रीले गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया