आजको सूचना तथा संचार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्वाध छाइसकेको छ । यसको अपेक्षित अनपेक्षित घुसपेठका साथै हाम्रो जीबनमा कामको नयाँ श्रृंखला पनि पैदा भइरहेको छ भने पुराना कामहरुको स्वरुप पनि परिबर्तन हुँदै गइरहेको छ । यी सबै कुराको सूत्रधार भने कम्प्युटर नै हो । जुन कम्प्युटरको हाम्रो परिवेशमा अबतरण अनेक रुपमा भइसकेको छ । तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इण्टेलिजेन्स’ को ब्यवस्था हो, जस अन्तरगत भिन्न भिन्न किसिमका समस्याहरुको समाधान खोजिने या समाधान गरिने गरिन्छ । वास्तवमा स्थिति के छ भने केवल अध्ययन अनुसन्धान मात्र होइन, देशहरुको अर्थव्यवस्था र सामरिक शक्ति लगायतका सब कुरा त्यस देशको कम्प्युटरको क्षेत्रमा निपूर्णता र दक्षतामाथि निर्भर हुन पुगेको या भइसकेको छ ।
कम्प्यूटरको शब्दाबलीको हिसाब–किताब पनि अद्भूत रहेको छ । सामान्य उदाहरणका लागि ‘डाउन लोड’, ‘अप लोड’ गर्नु (जसको नेपाली अनुबाद ‘उतार्नु र चढ्नु हुनेछ,) यो यस्तो कृयाकलाप हो, जसले गर्दा एक छिन मै मानिस सारा संसारसँग जोडिन पुग्दछ या जोडिने क्षमता प्राप्त गर्दछ । हामीले सूचनाका साथ ‘लक, सेलेक्ट, टे«क,डिलिट, कपी, पेस्ट, शेयर, फ्लिप, जुम, आदि जस्ता जेसुकै काम पनि कम्प्युटरमा सजिलै गर्न सकिन्छ । यस प्रकार यथार्थ के छ भने कम्प्युटरको प्रयोग र प्रभावको क्षेत्र दिन दुना रात चौगुनाको हिसाले बढ्दै गइरहेको छ । ज्ञानको क्षेत्र, खेलकूद, देशाटन, स्वास्थ्य, बजारको क्रय–बिक्रय र नागरिक सुबिधाहरु आदिसँग जोडिएका सारा प्रश्नहरुको उत्तर तथा समस्याहरुको समाधान पनि यसैको सहायताबाट प्राप्त हुन थालेका छन् ।
यसले गर्दा कयांै प्रकारका नयाँ नयाँ ब्यबसाय पनि उत्पन्न हुन थालेका छन् । जीबन यात्रामा सूचनाको यो अभूतपूर्व उपस्थितले हामी सबैको जीवनमा आश्चर्यचकित तुल्याउने स्थिति उत्पन्न गरिरहेको र नयाँ नयाँ जिज्ञासा पैदा गरिरहेको छ । सूचनाको यो अतिरिक्त तथा त्यसको सरल उपलब्धताले सायद मानिसलाई बिराटताको पनि बोध गराउँछ । अनि साथसाथै जिवन्त संसारबाट काटेर मानिसलाई एक्लो पनि बनाइरहेको छ । आज प्रायः सबै परिवारमा प्रत्येक सदस्यसँग सूचनातन्त्रसँग जोड्न् आ–आफ्नो स्वतन्त्र ब्यबस्था रहन्छ । एण्ड्रोयड तथा एप्पल मोबाइल सबैजसो सुबिधाहरुले सुसज्जित रहेको हुन्छ । कम्प्युटर पनि सजिलैसँग उपलब्ध हुन थालेका या भइरहेका छन् ।
सूचनाहरुका संसारमा हरेक किसिमका सूचनाहरु छन् र यसमा के कुराको पुरै छुट हुन्छ भने राम्रा नराम्रा, नैतिक अनैतिक कुन सूचना छनौट गर्ने हो र कोसँग के कति जोडिने या टाढा रहने हो, यी सबै कुरा कागजबाट उठाएर यो सूचना बहु सञ्जाललाई सुम्पिदिनु पनि कम खतरनाक छैन । सूचनाको तस्करी पनि छ, डकैति (ह्याकिङ्ग) पनि चलिरहेकै छ । ब्यक्तिगत जीवनमा सूचना–ब्यवस्थापन कत्तिको घातक हुन सक्छ । यो बितेका बर्षमा ‘ब्ल्यूह्वले गेम’का शिलशिलामा भएका दुर्घटनाहरुबाट बुझ्न सकिन्छ । कस्तो किसिमले ‘भर्चुअल रियालिटी (आभासी भ्रामक सत्यको संसार)ले मानिसलाई बाँधेर के के गर्न प्रेरित र प्रोत्साहित गरिरहेको छ या गर्न सक्दछ । त्यसको यो त्रासद उदाहरण या नमूना हो । जुन जुन रिपोर्टहरु पत्रपत्रिकामा यस सम्बन्धमा छापियो । यसका पनि जुन आधा अपूरा ब्यहोरा बाहिर प्रकाशमा आएका छन्, तिनकै आधारमा कुनै स्पष्ट र सामान्य निष्कर्षसम्म पुग्न अझैपनि मुस्किल छ । तथापि यस प्रकारका घटनाहरुबाट के लाग्दछ भने सूचनाको यो खेल आश्चर्यकारीे छ । त्यसले जेसुकै पनि गराउन सक्तछ । टाढा टाढाका देशदेखि सूचना मार्गबाट नियन्त्रित ‘ब्लू ह्वेल’का खेलले बाल बच्चाहरुलाई कसरी बशिभूत गरेर बाध्ने गर्दछ र तिनलाई जे सुकै गर्न पनि बाध्य तुल्याउँदछ त्यो देखिएको छ । बाल बच्चाहरु खेलसँग जोडिने, सूचना पाउने र आकर्षित हुने र निर्देशन दिइएको हिसाबले दिएको काम गर्ने गर्दछन् र त्यसको चरम उत्कर्ष मृत्युलाई बरण गर्नुसम्म पनि हुन सक्तछ । निश्चय पनि ‘थ्रिल’ पनि यो खेलको एउटा पक्ष हो । त्यसलाई आफ्m्नो अनुभव अन्तरगत ल्याएर महसुश गर्नु क्षणिक नै भए पनि त्यो निकै उत्तेजक हुन्छ । यति हदसम्म कि त्यसको परिणतिको अर्थ बुझ्ने र त्यसमाथि बिचार गर्ने समय र फुर्सद पनि हुदैन । यसले नयाँ नयाँ तरीकालाई जन्माउने र त्यसको प्रतिफलले ‘सेन्सेशन सिकिङ्ग’ को प्रबृत्तिलाई झल्काउने गर्दछ । जुन कुरा आज एकदमै बढ्दै गएको छ । आ–आफ्ना सूचनाका संसारमा हराएर परिबारका सदस्यहरु बच्चाका लागि सजिब र सक्रियरुपले कम उपलब्ध हुने गरिरहन्छन् ।
अझ त्यसै पनि बिकसित समाजमा एक्लै निजीपनको अँध्यारो–उज्यालोमा बढि नै रहेका छन् । आत्मलीन सभ्यताको स्वप्न ब्यक्तिको उत्कर्ष हो । उसको आफ्नो मर्जी ! उ जस्तो चाहन्छ त्यस्तै रहने, जस्तो चाह्यो त्यस्तै बाच्ने या मर्ने पनि उसकै खुशी । यस्तो समाज, परिवार सबैसँग काटिएर आफैमा हराउने किसिमको स्वप्निल सोच अन्ततः एकदम खतरनाक कुरा हो । त्यसैले सूचनाको सञ्जाल तथा त्यसको उपयोग सकारात्मक र उपयोगी हुनु पर्दछ । पारिवारको स्तरमा त्यसको सन्तुलित उपयोग कसरी गर्ने गम्भीर रुपमा बिचार गरिनु पर्दछ । बुझ्नु बुझाइनु पर्दछ कि परिवार र समाजतर्फ उन्मुख जीवन ब्यक्तिका बिरुद्ध हुँदैन । त्यसैले दुबैका पारस्परिकतालाई ग्राह्य र सहज तुल्याइनु अत्यावश्यक छ । अत्याधुनिक सूचना प्रणालीको बिकासलाई अत्याधुनिक सहज र समुन्नत सामाजिक तथा बैयक्तिक जीवनका निम्ति सकारात्मक सदुपयोग गरिनु पर्दछ ,नकारात्मकताका निमित्त होइन ।
सुवेदी नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन्