Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदै छ । दिउँसो सवा ४ बजे हुने पहिलो खेलमा कोलकता नाइट राईडर्सले किंग्स इलेभेन पञ्जावको सामना गर्दै छ ।

कोलकता अंक तालिकाको दोस्रो स्थानमा छ भने पञ्जाव चौँथो स्थानमा छ । यस्तै राती सवा ८ बजे हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयर डेभिल्स आमने सामने हुँदै छन् ।

अंक तालिकाको पुछारमा रहेको दिल्ली आजको खेलमा जित निकाल्दै बैंग्लोरलाई पछि पार्ने दाउमा छ । बैंग्लोर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यसैबीच गएराती भएको खेलमा राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हराउँदै चेन्नई सुपर किंग्स विजयी भएको छ ।

पुणेमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । जवाफि व्याटिङमा उत्रिएको राजस्थान १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमै समेटिएपछि खेल चेन्नइले जितेको हो ।

जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ । राजस्थान भने पाँचौ स्थानमा छ । ५ खेलबाट उसले ४ अंक मात्र बटुलेको छ ।

तपाईको प्रतिक्रिया