Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

इलाम – इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याल्ली गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा र पाहुना टोली भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सदरमुकामस्थित ठुलो टुँडिखेलको खेल मैदानमा दिउँसो ३ बजे क्वाटर फाईनल प्रवेशको लक्ष्य सहित २ टोली मैदान उत्रनेछन् । आजको बिजेताले क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई प्रतिद्धन्दी पाउनेछ ।

यसअघि हिजो भएको खेलमाबंगलादेशको कावरान फुटबल क्लबलाई ३–१ गेल अन्तरले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा १२ टोली सहभागि छन् ।

तपाईको प्रतिक्रिया