Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेड, रेलिगेशनमा परेको वेष्ट ब्रोमसँग १-० ले पराजित भएसँगै ५ खेल अगावै सिटीले उपाधि जितेको हो ।

सिटीको यो तेस्रो प्रिमियर लिग उपाधि हो । ३३ खेलको समाप्तीमा २८ जित ३ बराबरी र २ हारसहित ८७ अंकका साथ सिटीले उपाधि हात पारेको हो । उसले जारी लिगका ३३ खेल सकिदा २५ गोल खाएर ९३ गोल गरेको छ । युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ७३ औँ मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै वेष्टब्रोमलाई जित दिलाएका थिए ।

३३ खेलबाट ७१ अंक जोडेको युनाईटेड तालिकाको दोस्रो स्थानमा यथावत छ । गएरातीको अर्को खेलमा न्युक्यासल युनाईटेडले आर्सनललाई २-१ गोल अन्तरले हरायो । हारसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना सकिएको छ ।

तपाईको प्रतिक्रिया