Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इंग्लिस प्रिमियर लिगमा चेल्सीले साउथह्याम्पटनसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ । अन्तिम २० मिनेटमा चेल्सीले तीन गोल गर्दै साउथह्याम्पटनसँग रोमाञ्चक जित हात पारेको छ ।

खेलको २१ औँ मिनेटमा साउथह्याम्पटनका लागि डुसान ताडिकले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६०औँ मिनेटमा ज्यान बेडनारेकले गोल गर्दै साउथह्याप्टनलाई २–० को अग्रता दिलाए ।

तर अन्तिम २० मिनेटमा चेल्सीका लागि नायक बने ओलिभर जिराउड र इडेन हाजार्ड । ७० औँ मिनेटमा ओलिभरले गोल गर्दै चेल्सीका लागि खाता खोले । ७५ औँ मिनेटमा इडेन हाजार्डले गोल गर्दै बराबरी गरे ।

तर खेलको ७८ औँ मिनेटमा ओलिभरले गोल गर्दै खेलको नतिजा नै उल्ट्याइदिए ।

आजको खेल जित्दै डिफेन्डिङ च्याम्पियन चेल्सीले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । चेल्सीको ३३ खेलबाट ६० अंक रहेको छ । ३२ खेलबाट ६७ अंकसहित टोटेनह्याम चौथो स्थानमा रहेको छ ।

३३ खेल खेलको लिभरपुल पनि ६७ अंकसहित गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलबाट ७१ अंक बनाएको छ । त्यस्तै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८४ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया