Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पुछारका दुई टीम दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेपछि मुम्बइको वाङखडे रंगशालामा सुरु हुनेछ ।

दुवै टीम आज पहिलो जितको खोजीमा हुँदा मुम्बइलाई घरेलु मैदान र हजारौँ दर्शकको साथ हुनेछ । यसअघिका दुवै खेल हारेका भए पनि रन औसतमा दिल्ली अंक तालिकाको पुछारमा र मुम्बई पुछारबाट दोस्रो स्थानमा छ ।

घाइते भएर यसअघिको खेल खेल्न नसकेका अलराउण्डर हार्दिक पाण्ड्या आज पनि खेल्न सक्ने÷नसक्ने टुंगो छैन । उनले शुक्रबारको अभ्यास खेलमा २० मिनेट मात्र अभ्यास गर्न सकेका थिए ।

दिल्लीसँग खेलेका पछिल्ला पाँच मध्ये चारखेलमा मुम्बई विजयी भएको छ । त्यस्तै घरेलु मैदान वाङखडेमा भएका पछिल्ला छ मध्ये एक खेलमा मात्र मुम्बई पराजित भएको छ ।

आजको दोस्रो खेलमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि कोलकातामा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया