Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको सेमीफाइनल ड्र सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको ड्रअनुसार इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमाको सामना गर्ने भएको छ भने दोस्रो सेमीफाइनलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ।

क्वार्टरफाइनलमा म्यान्चेस्टर सिटीलाई समग्रमा ५–१ ले पाखा लगाउँदै लिभरपुल अन्तिम ४ मा प्रवेश गरेको थियो। उसले फाइनल प्रवेशका लागि रोमासँग आफ्नै घरेलु मैदानमा अप्रिल २४ मा पहिलो लेगको खेल खेल्नेछ। दोस्रो लेगको खेल भने आगामि मे २ मा हुनेछ।

रियल र बायर्न म्युनिखबिचको पहिलो लेग अप्रिल २६ तथा दोस्रो लेगको खेल मे २ मा हुने तालिका छ। प्रतियोगिताको उपाधि भिडन्त युक्रेनको किभमा आगामि मे २६ मा हुनेछ।

उता फुटबल प्रशंषकहरुले भने ड्रमा मिलेमतो गरिएको आरोप लगाएका छन्। शुक्रबार दिउँसो ड्र सार्वजनिक गरिए पनि बिहीबार नै खेल तालिका भएको इमेलको ‘स्किृनसट’ सामाजिक सञ्जालमा पोष्ट भएको थियो। रोमाले सेमीफाइनल खेलको टिकट बिक्रीका लागि पठाएको इमेलको ‘स्क्रिनसट’ सार्वजनिक भएको बताइएको छ।

उता युइएफएले भने भुलवश प्रविधिक कारणले सो इमेल प्रेषित हुन पुगेको बताएको छ। इमेलमा लिभरपुल र रोमाबीचमा हुने खेलको समय तालिका स्पष्ट देख्न सकिन्छ।

यसैबिच युरोपा लिगको पनि सेमीफइनल खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको फाइनल प्रवेशका लागि आर्सनलले एथलिटीको मड्रिड तथा रेड बुल साल्जवर्गले मार्सेलीको सामना गर्नु पर्नेछ।

दुवै सेमीफाइनल खेलको पहिलो लेग अप्रिल २६ तथा दोस्रो लेग मे १८ मा हुनेछ। युरोपा लिगको फाइनल खेल फ्रान्सको ल्योनमा आगामि मे १६ मा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया