Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको जारी सिजनमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले पहिलो जित हात पारेको छ । गएरातिको खेलमा बैङलोरले पञ्जावलाई चार विकेटले हराएको हो ।

१ सय ५६ रनको लक्ष्य बैङलोरले १९ ओभर तीन बलमा छ विकेट गुमाउँदै भ्ट्टायो । उसको जितमा एवी डिभिलियर्सले ५७ तथा क्विण्टन डी ककले ४५ रन बनाए । मन्दिप सिंहले २२ र कप्तान विराट कोहलीले २१ रनको योगदान गरे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जावले १९ ओभर दुई बलमा एक सय ५५ रनमा अलआउट भयो । उसका छ खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा लोकश राहुलले ४७ रन बनाउदा करुन नायरले २९ तथा कप्तान रविचन्द्रन आश्विनले ३३ रनको योगदान गरे । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ बैंगलोरका उमेश यादवले तीन तथा क्रिस वक्स, वासिङटन सुन्दरले दुई–दुई विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया