Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधि टिम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै धनगढीले उपाधि जितेको हो ।

१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो ।  काठमाडौंका लागि अमित श्रेष्ठले विष्फोटक ब्याटिङ गर्दै ५८ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यस्तै, काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेलले २२ र नरेश बुढाऐरले १९ रन बनाए । बलिङतर्फ ललित भण्डारीले ३ र रोहन मुस्ताफाले २ विकेट लिए । यसअघि धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै काठमाडौं विरुद्ध उच्च स्कोर बनाएको थियो । धनगढीको लागि सुनिल धमला र रोहन मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरे । सुनिल धमलाले ७८ रन बनाए । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहन मुस्ताफाले ६० रन बनाए । उनले ४२ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६० रन बनाएका थिए ।

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले २ विकेट लिए । साविक विजेतासमेत रहेको धनगढीले २५ लाख नगद पाएको छ । त्यस्तै, उपविजेता बनेको काठमाडौंले १० लाख नगद पाएको छ ।

तपाईको प्रतिक्रिया