Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – धनगढी प्रिमियर लिग (डीपीएल) -२ को जारी फाइनल खेलमा टीम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनायो । धनगढीका सुनिल धमलाले ७८ रनको उत्कृष्ट पारी खेले। ६३ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गरे । यस्तै रोहन मुस्तफाले ४२ बलमा ६० रनको पारी खेले । सो क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामी ८ रनमा नटआउट रहे ।

दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाबीच डीपीएलको कीर्तिमानी साझेदारी भएपछि धनगढीले सो स्कोर बनाएको हो । ९० बलमा उनीहरुबीच १ सय ४२ रनको साझेदारी भएको थियो । पहिलो विकेटका रुपमा १२ रनको टीमस्कोरमा अस्फाक अहमदलार्इ ४ रनमा गुमाएको धनगढीकाे पारी सुनिल र मुस्तफाले अघि बढाएका थिए । प्रतियाोगिताको विजेताले २५ र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया