Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – आईपीएल क्रिकेटका बाँकी खेल घरेलु मैदानमा खेल्न नपाउने भएको चेन्नई सुपरकिङ्सलाई अर्को झड्का लागेको छ । टिमका भरपर्दा ब्याट्स्म्यान शुरेश रैनाले चोटका कारण २ वटा खेल खेल्न नसक्ने भएपछि चेन्नईलाई झट्का लागेको हो ।

उनी कोलकातासँगको खेलमा घाइते भएका थिए । रैनाले खेल्न नसक्ने भएपछि अबका दुई खेलमा मध्यक्रम केही कमजोर हुनसक्ने आँकलन गरिएको छ । चेन्नईका केदार जाधव पनि चोटका कारण टिममा उपलब्ध छैनन् । यस्तै चोटकै कारण आईपीएलको यो सिजनका सुरुका २ खेल खेल्न नसकेका फाफ डु प्लेसिस भने आइतबारको खेलमा टिममा फर्किनसक्ने सम्भावना छ ।

रैना खेल्न नसक्ने भएपछि मुरली विजयलाई ओपनरका रुपमा मैदान पठाएर अम्बाती रायडुलाई तेश्रो नम्बरमा ब्याटिङ गराउने रणनीति कप्तान महेन्द्रसिंह धोनी र प्रशिक्षक स्टेफेन फ्लेमिङले लिन सक्ने क्रिकेट पण्डितहरुले बताएका छन् । चेन्नईले आउँदो आइतबार पञ्जावसँग आफ्नो तेश्रो खेल खेल्दैछ ।

तपाईको प्रतिक्रिया