Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो हार व्यहोरेको छ । गएराति भएको खेलमा मुम्बई सनराइजर्स हैदरावादसँग १ विकेटले पराजित भयो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो जित हो ।

हैदरावादको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । उसका लागि शूर्यकुमार यादव र कायरन पोलार्डले समान २८–२८ रन बनाए । यस्तै इभिन लुइसले २९ रन बनाउँदा कुर्नाल पाण्डेले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे । उसका बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन ।

जवाफमा हैदरावादले २० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको हैदरावादको मिडिलअडरका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । ६५ रनमा पहिलो विकेट गुमाएको हैदरावादको जितमा शिखर धवनले ४५ तथा दिपक हुडाले ३२ रन बनाए । यस्तै रिद्दमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे ।

तपाईको प्रतिक्रिया