Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इंग्लिस क्लब आर्सनलसँगै एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा आर्सनल रसियन क्लब मस्कोसँग दुई दुई गोलको बराबरीमा रोकिए पनि समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा स्थान बनायो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल चार एकले विजयी भएको थियो । मस्कोको मैदानमा भएको खेलमा घरेलु टिमले दुई शुन्यको अग्रतालाई जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा फेदोर चालोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गर्दै घरेलु टिमलाई दुई शुन्यको अवस्थामा पुर्याए ।

दुई गोलले पछि परिसकेको आर्सनलले २० मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा पुर्यायो । ७५ औं मिनेटमा डेनीयल वेलबेकले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई बराबरीमा पुर्याए । जसका कारण आर्सनलले समग्रमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा पुग्यो ।

त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङलाई समग्रमा दुई एक गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । गएराति भएको दोस्रो लेगमा एक शुन्यले पराजित भएपछि पहिलो लेगमा निकालेको दुई शुन्य गोल अन्तरको जितले एथ्लेटिकोलाई सेमिफाइनलमा पुग्न मद्दत गर्यो ।

स्पोर्टिङले घरेलु मैदानमा खेलको २८ औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि फ्रेडी मोन्टेरोले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र स्पोर्टिङ विजयी भएर पनि एथ्लेटिकोले एक गोलको अग्रता बनाउँदै सेमिफाइनलमा पुग्यो ।

तपाईको प्रतिक्रिया