Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ । आज भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो ।

हारका बावजुद काठमाडौंले दोस्रो क्वालिफायरमा मौका पाउनेछ । दोस्रो क्वालिफायरमा आज दिउँसो सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदैछ। जित हात पार्ने टिमले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ । दोस्रो क्वालिफायरको विजेता र धनगढीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

काठमाडौंले दिएको १ सय २८ रनको लक्ष धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो । धनगढीलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको स्थितिमा तेस्रो बलमा शंकर राना २८ रनमा रनआउट भएका थिए। चौथो बलमा योगेन्द्रसिंह कार्की ६ रनमा क्याच आउट भए। तर पाँचौ बलमा सांसद शेखले छक्का प्रहार गरेपछि धनगढीले रोमान्चक जित हात पार्यो ।

त्यसअघि धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय २७ रन जोड्यो । प्रतियोगिताको फाइनल चैत ३० मा हुने छ।

तपाईको प्रतिक्रिया