Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार प्लेअफका खेल हुँदैछन्।

काठमाडौं गोल्डेन, टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया प्लेअफमा प्रवेश गरेका छन्। प्लेअफको पहिलो खेल संघीय प्रहरी कार्यालयको मैदानमा काठमाडौं गोल्डेन र टिम चौराहा धनगढीबीच हुँदैछ।

खेल मंगलवार बिहान ९ बजे सुरु हुनेछ। विजेता टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले एक मौका पाउनेछ। त्यस्तै, प्लेअफ अन्तर्गतको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरिया दिउँसो १ बजेदेखि भिड्नेछन्।

महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच भएको खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन र टिम चौराह धनगढीबीचको पराजित टोलीसँग खेल्नेछ भने पराजित टोलीले चौथौ स्थान प्राप्त गर्नेछ।

६ टिम सहभागी प्रतियोगिताबाट रूपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भने बाहिरिसकेका छन्। प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख तेस्रो हुनेले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ पाउनेछन्।

यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, ‘मोस्ट भ्यालुएबल प्लेयर’को उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले १० हजार पुरस्कार पाउनेछन्। फाइनल चैत्र ३० गते हुनेछ।

तपाईको प्रतिक्रिया