Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सोमबार रातीको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको  छ । हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको हो ।

जितका लागि पाएको १ सय २६ रनको सामान्य लक्ष्य हैदरावादले १६ औं ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । हैदरावादलाई जिताउन शिखर धवनले ७७ रन बनाए । म्यान अफ द म्याच भएका धवनले ५७ बलमा १३ चौका र १ छक्का हानेका थिए । यस्तै केन विलियम्स ३६ रनमा नट आउट रहे ।

ओपनर ऋद्धिमन साह ५ रनमै आउट भए पनि धवन र विलिम्यसले नट आउट रहँदै १ सय २७ रनको साझेदारी गरेका थिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।

राजस्थानका लागि सञ्जु सामसङले ४९ रन बनाएका थिए ।हैदरावादसँग हारेको राजस्थानले मंगलबार बेलुकी सवा ८ बजे दिल्ली डेयर डेभिल्ससँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया